सर्वप्रथम, म हाम्रा सदस्य सेवा र संस्थागत वृद्धिद्वारा उपलब्धि हासिल गर्न सक्षम हुनुहुने हाम्रा सबै सदस्य, सरोकारवाला र साझेदारहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामी हाम्रा सदस्यहरूलाई प्रभावकारी व्यावसायिक सेवाहरू प्रदान गर्न पहिले देखिनै धेरै प्रतिबद्ध छौं। सुरुदेखि नै हाम्रो सहकारीले पाँच वर्षे प्रवर्द्धन… Read More
हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड नगरपालिका वडा नं. ४ झापाको स्थापना सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ अन्तर्गत मिति २०६९ साउन १४ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय भद्रपुर झापाबाट दर्ता नं. ३/१/७ (६५२) ०६९/०७० मा दर्ता भएको हो । मुलुकले अवलम्बन गरेको आर्थिक विकासका तीन खम्बाहरु सरकारी, निजि र सहकारीमध्ये सहकारी क्षेत्रलाई राज्यले नै आर्थिक विकासको मेरुदण्डको रुपमा स्वीकार गरिरहेको परिवेशमा त्यसबाट प्राप्त हुने अवसरलाई उपयोग गर्दै समाजमा रहेको आर्थिक विपन्नतालाई कम गर्न विभिन्न जाती,क्षेत्र, वर्ग र लिङ्गका समुदायहरुलाई सदस्य बनाई उनीहरुको बीचमा स्वरोजगार कार्यक्रम संचालन गर्ने,अत्मनिर्भर बन्न सहयोग गर्ने र आफ्ना सदस्यहरुको बृहत्तर हित गर्ने उदेश्यका साथ हाम्रो नेपाल, हाम्रो सहकारी, हाम्रो भविष्य भन्ने मूल नाराका साथ यो संस्था स्थापना भएको हो।
थप पढ्नुहोस्