संस्थाको परिचय

संस्थाको परिचय

यस संस्थाको स्थापना २०६९ साल श्रावण १४ गते भएको हो । तत्कालिन डिभिजन सहकारी कार्यालय झापामा दर्ता नं. ३/१/७ (६५२) ०६९/०७० कायम भई दर्ता भएको यस संस्थाले आफ्नो कार्यक्रम र कार्ययोजना विस्तार गरी हाल झापा जिल्लाभर मात्र नभई इलाम जिल्ला र मोरङ जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ । हाल संस्थाले ३१ वटा सेवाकेन्द्रहरुको सञ्चालनको स्वीकृति प्राप्त गरिसकेको अवस्था छ । संस्थाको कारोबार यो १२ वर्षभित्र २२० करोडभन्दा माथि पुगिसकेको छ । २५० भन्दा माथि कर्मचारीहरु कार्यरत छन् । आजको दिनसम्म आइपुग्दा यस संंस्थाले कर्मचारीहरुलाई नेपाल सरकारले तोकेभन्दा राम्रो गरी सेवा सुविधा दिन सक्षम भएको छ । संस्थाका शेयर सदस्य महानुभावहरुलाई सहकारी ऐन र नियमावलीले व्यवस्था गरे बमोजिम शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट दिनुपर्ने सुविधाहरु निरन्तर प्रदान गर्दै आइरहेको छ । संस्थाको पहिलो पाँच वर्षको जागरणको तह (Promotion Stage) पूरा भई दोस्रो पञ्च वर्षीय योजनाअन्तर्गत संस्था विकासको चरण (Development Stage) लाई पूरा गर्ने चरणमा छ । विकासकै चरण अन्तर्गत तत्कालिन पाँच वटा गा.वि.स.बाट सुरु भएको यस संस्थाले आफ्नो कार्यक्षेत्रलाई विस्तार गरी प्रदेश स्तरीय स्थापित सहकारीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

संचालित सेवाकेन्द्रहरु ३१

शेयर सदस्य संख्या ४२,८२७

बाल बचतकर्ता १०,०३४

ऋणी सदस्य संख्या ५,७०१

कर्मचारी संख्या २५०

शेयर पूँजी १९ कराेड

बचत २०२ कराेड

कोष ६ कराेड

बाह्य ऋण ११ कराेड

ऋण लगानी १९९ कराेड

नगद तथा बैंक ४० कराेड

वासलात २५२ कराेड

संस्थाको परिकल्पना

समुदायमा आधारित सक्षम र दिगो वित्तीय सहकारी संस्था

संस्थाको ध्येय

  • सहकारी मुल्य र सिद्धान्तलाई आत्मसात गर्दै संस्थाको निति, विधि र दक्ष जनशक्तिको विकास, प्रयोग र परिचालन गर्ने ।
  • आधुनिक प्रविधिको प्रयोग गरी सर्वसुलभ र गुणस्तरीय वित्तिय तथा गैह्र वित्तीय सेवामार्फत सदस्यहरुको जीवनस्तर रुपान्तरणको लागि क्रियाशिल रहने ।

संस्थाको लक्ष्य

  • स्थानिय स्रोत साधनको समुचित उपयोग गर्ने
  • सदस्यहरुको व्यवसायीकरणमा जोड दिने
  • निति र विधिको आधारमा संस्थागत सुशासन कायम गर्ने
  • समयानुकुल आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सर्वसुलभ र गुणस्तरीय वित्तीय तथाा गैह्र वित्तीय सेवा प्रदान गर्ने ।
  • वित्तीय सक्षमतासहितको सुरक्षित र स्वस्थ संस्था निर्माण गर्ने ।

संस्थाको उद्धेश्यहरु

  • संस्थामा रहेको सदस्यहरुको मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
  • सदस्यहरुको व्यक्तिगत र सामुहिक क्षमताको अभिवृद्धि गरी स्वावलम्बी एवम् आत्मनिर्भर समाजको निर्माणमा सहयोग पु¥याउने ।
  • सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमुलक क्षेत्रमा सदस्यहरुमार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपभोग बढाउने ।
  • सदस्यहरुको दैनिक जीवनका क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामुलक कार्यक्रम गरी समुदायमा सहकारिताको महत्व स्थापित गर्ने काम प्रदर्शित गर्ने ।
  • संस्थाको आर्थिक भौतिक र प्राविधिक क्षमताको वृद्धि र विकास गरी दक्ष जनशक्तिको माध्यमबाट सुशासनयुक्त वित्तीय सहकारी संस्थाको रुपमा स्थापित हुने ।
  • सदस्यहरुलार्य आवश्यक सर्वसुलभ र गणस्तरीय वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमबाट सदस्यको लागि सुरक्षित, भरपर्दो र स्वस्थ संस्थाको रुपमा पहिचान बनाउने ।

संस्थागत मूल्य

  • सदस्यहरुप्रति सद्भावपूर्ण व्यवहार
  • सदस्यहरुको आर्थिक सुरक्षा
  • इमान्दारिता, पारदर्शिता, सिर्जनशीलता र स्वउत्तरदायित्व
  • समयको पालना

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता