कडरिया परिवारमा हाम्राे नेपाल साकाेस

कडरिया परिवारमा हाम्राे नेपाल साकाेस
कडरिया परिवारमा हाम्राे नेपाल साकाेस
25 मे, 2025

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को बिर्तामोड सेवाकेन्द्रकी शेयर सदस्य तथा संस्थाको सञ्चार तथा प्रकाशन उपसमिति सदस्य कल्पना कडरिया समेतकी ममतामयी आमा पदमकुमारी कडरियाको निधनप्रति संस्थाको तर्फबाट सञ्चालक समिति र कर्मचारीहरुको उपस्थितिमा भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको छ ।

मिति २०८२ जेठ १० गते शनिबारका दिन अर्जुनधारा– ९ प्रणामीटोलस्थित कडरिया निवासमा उपस्थित भइ दिवङ्गत हुनु भएकी स्व.पदम कुमारीको साताैँ दिनमा स्व. कडरियाकाे चिरशान्तिका साथ बैकुण्ठबासकाे कामनासहित  श्रद्धाञ्जली अर्पण गरियाे । शोकको यस घडीमा रहनुहुने छोरी कल्पना कडरिया लगायत उहाँका सम्पूर्ण परिवारजन, नातागोता, कुलकुटुम्ब छरछिमेक इष्टमित्र, शुभेच्छुक तथा शुभचिन्तकप्रति संस्था परिवारको तर्फबाट गहिरो समवेदना व्यक्त गरिएकाे थियाे । संस्थाको शेयर सदस्यको एकाघर परिवारमा पर्न गएकोे मृत्युकाे घटनामा मानोचामल र काजकिरिया खर्च सहयोग स्वरुप सात हजार पाँच सय नगदसहित जिन्सी प्रदान गरिएको थियो ।

२०१५ साल मङ्सिर २० गतेका दिन पाँचथर  जिल्लाको साबिक सुभाङ गाविस हाल हिलीहाङ्ग गाउँपालिका– ५ मा जन्मनु भएकी  स्वर्गीय कडरिया यस संस्थाको एक कर्तव्यनिष्ठ अभिभावक हुनुहुन्थ्याे । उहाँ अत्यन्तै मिलनसार, मृदुभाषी, धार्मिक तथा सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँकाे यहि मिति २०८२ जेठ ४ गतेका दिन दुखद निधन भएकाे हाे ।

1 COMMENTS

Aliyah16    जवाफ दिनुहोस्
13 अप्रिल, 2026
Posted by Aliyah16

Leave a Message

Registration isn't required.
By commenting you accept the Privacy Policy

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता