
घिमिरे परिवारमा – हाम्रो नेपाल साकोस
21 Apr, 2025हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को बिर्तामोड सेवाकेन्द्रका शेयर सदस्य इन्द्र कुमार घिमिरे तथा अनिता भट्टराईकी ममतामयी आमा / सासुआमा स्व. चन्द्र कुमारी घिमिरेको निधन प्रति संस्थाको विभागीय कर्मचारी,बिर्तामोड सेवाकेन्द्रका कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थितिमा समवेदना तथा श्रद्धाञ्जली प्रकट गरिएको छ ।
२०८२ बैशाख ०४ गते बिहीबारका दिन मेचीनगर,नकलबन्द स्थित वहाँहरुको मूलघरमा उपस्थित भई दिवङ्गत हुनु भएकी स्व. चन्द्र कुमारी घिमिरेको एघारौँ दिनको पुन्य तिथिमा स्व. घिमिरेको बैकुण्ठबासको कामना सहित श्रद्धाञ्जली अर्पण गर्दै वहाँका सम्पुर्ण परिवारजन,नातागोता कुलकुटुम्ब,छरछिमेक र इष्टमित्र प्रति गहिरो समवेदना व्यक्त गरिएको थियो । यसै कार्यका बीच संस्थाको शेयर सदस्यको एकाघर परिवारमा पर्न गएकोे दुःखद घटनामा मानो चामल र काजकिरिया खर्च सहयोग स्वरुप बाह्र हजार पाँच सय नगद सहित जिन्सी प्रदान गरिएको थियो ।