कर्जा बचत
- यस संस्थामा नियमाुसार सदस्य भई कर्जा उपभोग गर्ने सदस्यले मात्र यो खाता संचालन गर्न सक्नेछन । कर्जा लगानी गर्दा नियमानुसारको क्रमिक बचत रकम पुरा भएको तर संस्थाले तोके अुनसारको कुल बचत पुरा नभएमा यस खातामा सो रकम कट्टि गरि पुरा गर्ने शर्तमा यो बचत संचालन गर्न सकिनेछ । यस प्रकारको बचत खातामा दैनिक कारोबार हुन पाउने छैन । यस खाताको संचालन आवश्यकता तथा औचित्यताको आधारमात्र हुनेछ ।
- बचतको सीमा : यस बचत खातालाई कर्जा प्रयोजनमा आवश्यकताको आधारमा संचालन गर्ने सकिनेछ । साथै भुक्तानी लिदा यो खाताको रकमलाई साधारण बचत खातामा रकमान्तर गरेपछि लिनुपर्नेछ ।
- बचतको अवधि : सदस्यले खातामा राखेको रकम क्रमिक बचत किस्ता पुरा गर्न वा कर्जा चुक्ता गर्ने प्रयोजनमा साधारण खातामा रकमान्तर गरि फिर्ता लिन पाउनेछन् ।
- बचत फिर्ता : सदस्यले न्यूनतम मौज्दात रु. १००।– कायम गरी आफ्नो आवश्यकता अनुसार जतिसुकै रकम साधारण खातामा रकमान्तर गरि फिर्ता लैजान सक्नेछन् । सामान्यता यो बचत कर्जाको भुक्तानी वा संचालन भई रहेको मासिक क्रमिक बचतको किस्ता पुरा गर्नका लागि मात्र गर्नुपर्नेछ ।
- ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
EMI
क्याल्कुलेटर
विदेशी
विनिमय दर
मिति
कनवर्टर
महत्त्वपूर्ण
लिङ्क
डाउनलोडहरू
सूचना
सूची
दर्ता