संस्थामा आवद्ध शेयर सदस्यहरुले संस्थामा कारोबार गर्ने क्रममा कारोबारको प्रकृति अनुसार आवश्यक हुने बचत खाताहरुलाई अन्य बचत भनिन्छ ।
संस्थाले संस्थागत अभिकर्ताको रुपमा सहकार्य गरेका वा अन्य जीवन विमा कम्पनिको जीवन बीमाको प्रिमियम शुल्क भुक्तानीको लागि जम्मा गरिने बचतलाई बीमा बचत भनिनेछ संस्थाले जीवन बीमाको शुल्क भुक्तानीको लागि सहजीकरण गरिदिनेछ ।
बचतको सीमा : बिमा बचतमा सदस्यले आफ्नो विमा प्रिमियम रकमलाई पुग्ने रकम जम्मा गर्न जम्मा गर्न सक्नेछ ।
बचत फिर्ता : सदस्यले आफ्नो विमा प्रिमियम रकम भुक्तानि गर्ने समयमा बचत रकम फिर्ता लैजान सक्नेछन ।
ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।