यो बचत अनिवार्य रुपमा नियमित मासिक किस्ताको आधारमा जम्मा गर्न सकिनेछ । भविष्यमा आईपर्ने अति आवश्यक खाँचो, गाह्रो टार्न बचत गर्ने बानीको विकास गर्न यो बचत कार्यक्रम संचालन गरिएको छ ।
बचतको सीमा : नियमित बचतमा न्युनतम मासिक रु.५००।– वा रु. ५०० ले निःषेश भाग हुने अंकको बचत सदस्यले गर्न सक्नेछन ।
बचतको अवधि : अनुसुचिमा उल्लेख भएको मध्येबाट आफुले बचत गर्न चाहेको बचत योजनाको अवधि सम्म बचत गर्नुपर्ने छ ।
बचत फिर्ता : आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गरे पछि अन्तिम किस्ता बुझाएको १ महिना पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
ब्याजदर÷बोनस तथा सुविधा : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।