विशेष गरी महिला शेयर सदस्यहरुको हकमा यो बचत परिचालन गरिनेछ । महिलाहरुको संवेदनशील स्वास्थ्य अवस्था सामाजिक अवस्था र सांस्कृतिक अवस्थामा सुधार गरी उनीहरुलाई अर्थिक सहभागितामा सामेल गराउने र आफ्नो खाँचो आँफै टार्न सक्ने गरी सक्षम बनाउने यो बचतको उद्वेश्य रहेको छ ।
बचतको सीमा : नियमित बचतमा न्युनतम मासिक रु.५००।– वा रु. ५०० ले निःषेश भाग हुने अंकको बचत सदस्यले गर्न सक्नेछन ।
बचतको अवधि : अनुसुचिमा उल्लेख भएको मध्येबाट आफुले बचत गर्न चाहेको बचत योजनाको अवधि सम्म बचत गर्नुपर्ने छ ।
बचत फिर्ता : आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गरे पछि अन्तिम किस्ता बुझाएको १ महिना पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
ब्याजदर÷बोनस तथा सुविधा : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।