यो बचत मासिक रुपमा न्यूनतम रु . ५०० वा ५०० ले भाग जाने अंक बराबर नियमित रुपमा १४४ महिनासम्म गर्नेपर्ने मासिक क्रमिक बचत हो । बचतकर्ताको शेषपछि निजका हकवालालाई पुस्ता हस्तान्तरण गर्दै जाने हुनाले यो बचतलाई आजीवन बचत भनिएको हो ।
यो बचत प्रत्येक महिना मासिक क्रमिक बचतको रुपमा १४४ महिनासम्म जम्मा गर्दै जानुपर्नेछ ।
१४५ औँ महिनादेखि हरेक महिना मासिक रुपमा नै बाँचुन्जेल आफुले जम्मा गरेकै दरमा फिर्ता पाईनेछ ।
बचतकर्ताको शेषपछि निजको हकवाला वा निजले सिफारिस गरेको व्यक्तिलाई फिर्ता गर्न थालिनेछ ।
फिर्ता गर्ने क्रम र श्रृंखला एक पुस्तादेखि अर्को पुस्ता क्रमशः हस्तान्तरण हुँदै जानेछ ।
७२ महिना पुगेपछि सम्बन्धित बचतकर्तालाई प्रत्येक दशैँमा दशैँ खर्चवापत ६ महिनाको बचत बराबरको रकम उपलब्ध गराइनेछ । महिला र बच्चाको हकमा ७ महिना बराबरको बचत रकम उपलब्ध गराईनेछ ।
१४४ महिना पुगेपछि यो कार्यक्रमबाट फिर्ता हुन चाहेमा जम्मा भएको सावाँ रकम र सदस्य फिर्ता हुन चाहेको मितिसम्म्मा लिएको सुविधा कट्टी गरी १२ प्रतिशतका दरले ब्याज रकमसहित फिर्ता गरिनेछ ।
यो बचत कार्यक्रममा सहभागी सदस्यले ६ वर्ष प्ुगेपछि बचतकर्तालाई क्रमैसँग प्रत्येक वर्ष न्यूनतम ३ दिनदेखी बढीमा ७ दिनसम्मको सहकारी भ्रमण कार्यक्रममा संस्थाले निःशुल्क रुपमा सहभागी गराउनेछ ।