कुनै पनि प्रकारका ब्यापार, ब्याबसाय तथा बित्तिय कारोबार गर्ने उदेश्यका लागि संचालित सगठित संस्थाहरु (ब्याबसायिक समुह, व्यवसायिक प्रतिष्ठान, व्यवसायिक फर्म, सहकारी संस्थाहरु, निजि शैक्षिक प्रतिष्ठान लगायत नाफा आर्जन गर्ने÷नगर्ने संस्था तथा प्रतिष्ठान आदी) बाट प्राप्त बचतलाई संस्थागत बचत भनिनेछ ।
बचतको सीमा : यस बचतमा संघ संस्थाले न्यूनतम रु. १०००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन् ।
बचत फिर्ता : संस्थागत बचत खातामा न्युनतम मौज्दात आपसि सहमतिमा तोकि बाँकि रकम जतिसुकै रकम फिर्ता लान सक्नेछन् ।
ब्याजदर : संस्थागत बचत खातामा न्युनतम मौज्दात तथा ब्याजको दर आपसि सहमतिमा तोक्न सकिने छ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
संस्थागत बचत खातामा दिईने सुविधाहरु आपसि सहमतिमा निर्धारण गर्न सकिनेछ ।