स्थाको कर्मचारीद्वारा दिनदिनै सदस्यको घरदैलो तथा ब्यवसायमा गई संकलन गरिने बचतलाई साधारण बचत भनिनेछ । साधारण बचत सदस्यहरुको लागि ऋणको किस्ता र ब्याज भुक्तानीको लागि सहयोगी हुनेछ ।
बचतको सीमा : साधारण बचतमा सदस्यले न्यूनतम रु. १००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन् ।
बचत फिर्ता : सदस्यले न्यूनतम मौज्दात रु. १००।– कायम गरी आफ्नो आवश्यकता अनुसार जतिसुकै रकम फिर्ता लैजान सक्नेछन् ।
ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।