सामाजिक उत्तरदायित्व

सुत्केरी सुबिधा
संस्थामा आबद्ध भई आफ्नो जिवनभरिमा बढिमा २ सन्तान जन्माउने आमालाई नगदसहित पोषिलो खानेकुरा समेत वितरण गरिने छ ।
युवा स्वरोजगार कार्यक्रम
युवाहरुलाई उद्यमी तथा स्वरोजगार बनाउने उद्धेश्य सहित नेपाल सरकार, यूवा तथा साना व्यावसायी स्वरोजगार कोष मार्फत संचालित कार्यक्रमलाई संस्था मार्फत प्रदान गरिने सरल ब्याजदरको कर्जा संस्थाले उद्यम गर्न चाहने युवाहरुलाई उपलब्ध गराई आवश्यक सहयोग गर्दछ ।
सहकारी शिक्षा
सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक बिकासमा योगदान पुर्याउन सहकारी शिक्षा प्रदान गरिने छ ।
बित्तिय साक्षरता
सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक बिकासमा योगदान पुर्याउन सहकारी शिक्षा प्रदान गरिने छ ।
बाल बचतकर्तालाई जन्मदिनको उपहार
संस्थाको बालबचतमा आबद्ध हुने बच्चाहरुलाई निजहरुको जन्मदिनमा आ–आफ्नो संस्कृति अनुसारको उपहार सहित जन्मदिनको शुभकामना दिईने छ ।
दुर्घटना बिमा
संस्थामा आबद्ध शेयर सदस्यहरुको दुर्घटना भएर घाईते भई उपचार गराउनु परेमा वा मृत्यु भएमा संस्थाको सदस्य उपचार कोष निर्देशिका बमोजिम दुर्घटना बिमा गराई सो बमोजिमको सुविधा प्रदान गरिनेछ ।
सामाजिक सहयोग
संस्थाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्यले बिभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गर्ने, प्राकृतिक बिपत्तिमा परेका तथा पिछडिएका गरिबलाई सहयोग गर्ने, गरिब बिद्यार्थीहरुलाई न्यानो कपडा, झोला, स्टेशनरी आदि बितरण, बृद्धबृद्धालाई सहयोग, रक्तदान, स्वास्थ्य शिविर संचालन लगायत समाजमा आईपर्ने बिभिन्न सामाजिक कार्यक्रम संचालन गर्ने तथा सहभागिता जनाउने गर्दछ
अवलोकन भ्रमण
संस्थाले आफ्ना सदस्य तथा कर्मचारीहरुलाई प्रोत्साहन गर्न साथै संस्थाको प्रवर्दन गर्न बार्षिक कार्यतालिका बनाएर देश तथा बिदेशका बिभिन्न क्षेत्रमा अवलोकन, भ्रमण तथा तिर्थयात्रा गराउनेछ ।
कर्जा मिनाहा कार्यक्रम
संस्थाको कर्जा सुरक्षण कोषमा आबद्ध भई कर्जा लिएका सदस्यहरुको मृत्यु भएमा कर्जा सुरक्षण कोष निर्देशिका बमोजिम कर्जा मिनाहा गरिनेछ
नवजात शिशु सुबिधा
संस्थामा आबद्ध शेयर सदस्यहरुको नवजात शिशुको जन्म भएमा र सदस्यले शिशुको बचत गर्न चाहेमा संस्थाले प्रवेश शुल्क नलिई पहिलो महिना रु.१००० बचत गरिदिनेछ ।
मृत्यु संस्कार सहयोग
शेयर सदस्यहरु तथा शेयर सदस्यको एकाघर परिवारमा कसैको मृत्यु भएमा संस्थाले श्रद्धाञ्जली सहित संस्थाको नियमानुसारको नगद तथा जिन्सी सहयोग प्रदान गरिनेछ ।
छात्रवृत्ति कार्यक्रम
संस्थाको बार्षिक स्थापना दिवस तथा बार्षिक साधारणसभाको अवसर पारेर एस. ई. ई. मा उत्कृष्ट हुने शेयर सदस्यहरुका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना