संस्थाको सबै सेवाकेन्द्रको साप्ताहिक बिदा एकै दिन कायम गरिएको छ। २०८२ श्रावण ४ गते आईतबारबाट लागू हुने गरी संस्थाको सबै सेवाकेन्द्रको साप्ताहिक बिदा शनिबारलाई कायम गरिएको हो। यसअघि सेवाकेन्द्रको सेवाक्षेत्र भित्र पर्ने स्थानीय (मुख्य) बजार बन्द हुने दिन सेवाकेन्द्र बिदा हुँदै आएका थिए । सबै सेवाकेन्द्रको बिदा बेग्ला बेग्लै दिन हुँदा कार्यालय सञ्चालनमा असहजता भएकोले आव २०८२/०८३ को सुरुवातमै बिदामा एकरूपता ल्याइएको हो ।