संस्थाको परिचय

संस्थाको परिचय

यस संस्थाको स्थापना २०६९ साल श्रावण १४ गते भएको हो । तत्कालिन डिभिजन सहकारी कार्यालय झापामा दर्ता नं. ३/१/७ (६५२) ०६९/०७० कायम भई दर्ता भएको यस संस्थाले आफ्नो कार्यक्रम र कार्ययोजना विस्तार गरी हाल झापा जिल्लाभर मात्र नभई इलाम जिल्ला र मोरङ जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ । हाल संस्थाले ३१ वटा सेवाकेन्द्रहरुको सञ्चालनको स्वीकृति प्राप्त गरिसकेको अवस्था छ । संस्थाको कारोबार यो १२ वर्षभित्र २२० करोडभन्दा माथि पुगिसकेको छ । २५० भन्दा माथि कर्मचारीहरु कार्यरत छन् । आजको दिनसम्म आइपुग्दा यस संंस्थाले कर्मचारीहरुलाई नेपाल सरकारले तोकेभन्दा राम्रो गरी सेवा सुविधा दिन सक्षम भएको छ । संस्थाका शेयर सदस्य महानुभावहरुलाई सहकारी ऐन र नियमावलीले व्यवस्था गरे बमोजिम शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट दिनुपर्ने सुविधाहरु निरन्तर प्रदान गर्दै आइरहेको छ । संस्थाको पहिलो पाँच वर्षको जागरणको तह (Promotion Stage) पूरा भई दोस्रो पञ्च वर्षीय योजनाअन्तर्गत संस्था विकासको चरण (Development Stage) लाई पूरा गर्ने चरणमा छ । विकासकै चरण अन्तर्गत तत्कालिन पाँच वटा गा.वि.स.बाट सुरु भएको यस संस्थाले आफ्नो कार्यक्षेत्रलाई विस्तार गरी प्रदेश स्तरीय स्थापित सहकारीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

संचालित सेवाकेन्द्रहरु ३१

शेयर सदस्य संख्या ३८,४८५

बाल बचतकर्ता ८,८१९

ऋणी सदस्य संख्या ६,१९८

कर्मचारी संख्या २४८

शेयर पूँजी १८ कराेड

बचत १५४ कराेड

कोष ७.८४ कराेड

बाह्य ऋण ३५.८ कराेड

ऋण लगानी १८५ कराेड

नगद तथा बैंक १६ कराेड

वासलात २२१ कराेड

संस्थाको परिकल्पना

समुदायमा आधारित सक्षम र दिगो वित्तीय सहकारी संस्था

संस्थाको ध्येय

  • सहकारी मुल्य र सिद्धान्तलाई आत्मसात गर्दै संस्थाको निति, विधि र दक्ष जनशक्तिको विकास, प्रयोग र परिचालन गर्ने ।
  • आधुनिक प्रविधिको प्रयोग गरी सर्वसुलभ र गुणस्तरीय वित्तिय तथा गैह्र वित्तीय सेवामार्फत सदस्यहरुको जीवनस्तर रुपान्तरणको लागि क्रियाशिल रहने ।

संस्थाको लक्ष्य

  • स्थानिय स्रोत साधनको समुचित उपयोग गर्ने
  • सदस्यहरुको व्यवसायीकरणमा जोड दिने
  • निति र विधिको आधारमा संस्थागत सुशासन कायम गर्ने
  • समयानुकुल आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सर्वसुलभ र गुणस्तरीय वित्तीय तथाा गैह्र वित्तीय सेवा प्रदान गर्ने ।
  • वित्तीय सक्षमतासहितको सुरक्षित र स्वस्थ संस्था निर्माण गर्ने ।

संस्थाको उद्धेश्यहरु

  • संस्थामा रहेको सदस्यहरुको मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
  • सदस्यहरुको व्यक्तिगत र सामुहिक क्षमताको अभिवृद्धि गरी स्वावलम्बी एवम् आत्मनिर्भर समाजको निर्माणमा सहयोग पु¥याउने ।
  • सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमुलक क्षेत्रमा सदस्यहरुमार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपभोग बढाउने ।
  • सदस्यहरुको दैनिक जीवनका क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामुलक कार्यक्रम गरी समुदायमा सहकारिताको महत्व स्थापित गर्ने काम प्रदर्शित गर्ने ।
  • संस्थाको आर्थिक भौतिक र प्राविधिक क्षमताको वृद्धि र विकास गरी दक्ष जनशक्तिको माध्यमबाट सुशासनयुक्त वित्तीय सहकारी संस्थाको रुपमा स्थापित हुने ।
  • सदस्यहरुलार्य आवश्यक सर्वसुलभ र गणस्तरीय वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमबाट सदस्यको लागि सुरक्षित, भरपर्दो र स्वस्थ संस्थाको रुपमा पहिचान बनाउने ।

संस्थागत मूल्य

  • सदस्यहरुप्रति सद्भावपूर्ण व्यवहार
  • सदस्यहरुको आर्थिक सुरक्षा
  • इमान्दारिता, पारदर्शिता, सिर्जनशीलता र स्वउत्तरदायित्व
  • समयको पालना

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना