सर्वप्रथम, म हाम्रा सदस्य सेवा र संस्थागत वृद्धिद्वारा उपलब्धि हासिल गर्न सक्षम हुनुहुने हाम्रा सबै सदस्य, सरोकारवाला र साझेदारहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामी हाम्रा सदस्यहरूलाई प्रभावकारी व्यावसायिक सेवाहरू प्रदान गर्न पहिले देखिनै धेरै प्रतिबद्ध छौं।
सुरुदेखि नै हाम्रो सहकारीले पाँच वर्षे प्रवर्द्धन चरण ( वि.सं. २०६९ – वि.सं. २०७४) को रूपमा कार्यक्रम सञ्चालन ग¥यो, त्यस अवधिमा हामीले हाम्रो नेपाल साकोसलाई झापा जिल्लाकै उत्कृष्ट सहकारीका रूपमा प्रवर्द्धन गर्दै आएका छौं र सहकारी अभियानमा चिरपरिचित रहेका छौँ । वित्तीय सहकारीको रूपमा, हामीले हाम्रा सदस्यहरूको सुधार र आवश्यकता पूरा गर्न पर्याप्त पूँजी उत्पन्न गरेका छौं। आगामी पाँच वर्ष (वि.सं. २०७५–वि.सं. २०८०) हाम्रो सहकारीको विकासको चरणमा लागेको छ । यस अवधिमा आर्थिक, नीतिगत, सुशासन, दक्ष जनशक्ति र प्राविधिक विकासका रूपमा संस्थागत विकास गर्ने योजनामा छौं । सदस्य सेवा हाम्रो एक मात्र आदर्श वाक्य हो, त्यसैले हामी हाम्रा सबै सेवा केन्द्रहरूबाट हाम्रा सदस्यहरूको हितको लागि सधैं सचेत रहन्छौ ं।
हामीले हाम्रा सदस्यहरूलाई आर्थिक वृद्धिमा टेवा पुग्ने गरी बचत, ऋण, जीवन बीमा, रेमिट्यान्स र सामाजिक सेवाहरू उपलब्ध गराउँदै आएका छौ ं। हाम्रो योजना एक उत्कृष्ट वित्तीय सहकारी बन्ने हो । हाम्रो लक्ष्य हासिल गर्न, हामी शीर्ष संगठन र साझेदारी गर्छौं ।
सरकारको सहयोग र सहकारी आन्दोलनको सञ्जालले यस रणनीतिक अवधिमा सहकारी संस्थामा आवद्ध प्रत्येक सदस्यको जीवनस्तरमा सुधार ल्याउनका लागि चुनौतिहरूलाई सम्बोधन गर्न सक्नेछ भन्ने मलाई आशा छ । हामि सहकारिताबाट सुखी नेपाली र समृद्ध नेपाल निर्माणको हिस्साको रुपमा निरन्तर क्रियाशिल रहने छौँ । म विश्वस्त छु कि हामीले उत्कृष्ट वित्तीय सहकारी संस्था बन्ने लक्ष्य हासिल गर्नेछौं ।