ऐच्छिक (जनरल) बचत:
ऐच्छिक बचत सदस्यहरुको आवश्यकता र क्षमताअनुसार संस्थाले तोकेको न्युनतम मौज्दात कायम गरी जतिसुकै राख्न र झिक्न सकिने बचत हो ।
साधारण बचत ः
संस्थाको कर्मचारीद्वारा दिनदिनै सदस्यको घरदैलो तथा ब्यवसायमा गई संकलन गरिने बचतलाई साधारण बचत भनिनेछ । साधारण बचत सदस्यहरुको लागि ऋणको किस्ता र ब्याज भुक्तानीको लागि सहयोगी हुनेछ ।
बचतको सीमा ः साधारण बचतमा सदस्यले न्यूनतम रु। १००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन् ।
बचत फिर्ता ः सदस्यले न्यूनतम मौज्दात रु। १००।– कायम गरी आफ्नो आवश्यकता अनुसार जतिसुकै रकम फिर्ता लैजान सक्नेछन् ।
ब्याजदर ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
विशेष बचत ः
संस्थामा शेयर सदस्य रहि ठुलो रकमको कारोबार गर्ने सदस्यहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ सदस्यले आवश्यकता अनुसार जम्मा वा फिर्ता गर्ने बचतलाई बिशेष बचत कार्यक्रम भनिनेछ । यस प्रकारको बचत कार्यक्रममा दैनिक र ठुलो नगद प्रबाह हुने सदस्यहरु, ब्यापार ब्यावसाय हुने सदस्यहरुलाई मात्र लक्षित गरि संचालन गरिनेछ । बिषेशत यो बचत कार्यक्रम न्युनतम दैनिक १ लाख देखि माथि कारोबार गर्ने सदस्यहरुको लागी हुनेछ ।
बचतको सीमा ः यस बचतमा सदस्यले न्यूनतम रु। १ लाख देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन् । यस सम्बन्धि थप विवरण तालिकामा उल्लेख गरे अुनसार हुनेछ ।
बचत फिर्ता ः सदस्यले न्यूनतम मौज्दात रु। १ लाख कायम गरी आफ्नो आवश्यकता अनुसार जतिसुकै रकम फिर्ता लैजान सक्नेछन् ।
ब्याजदर ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
संस्थागत बचत ः
कुनै पनि प्रकारका ब्यापार, ब्याबसाय तथा बित्तिय कारोबार गर्ने उदेश्यका लागि संचालित सगठित संस्थाहरु ९ब्याबसायिक समुह, व्यवसायिक प्रतिष्ठान, व्यवसायिक फर्म, सहकारी संस्थाहरु, निजि शैक्षिक प्रतिष्ठान लगायत नाफा आर्जन गर्ने÷नगर्ने संस्था तथा प्रतिष्ठान आदी० बाट प्राप्त बचतलाई संस्थागत बचत भनिनेछ ।
बचतको सीमा ः यस बचतमा संघ संस्थाले न्यूनतम रु। १०००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन् ।
बचत फिर्ता ः संस्थागत बचत खातामा न्युनतम मौज्दात आपसि सहमतिमा तोकि बाँकि रकम जतिसुकै रकम फिर्ता लान सक्नेछन् ।
ब्याजदर ः संस्थागत बचत खातामा न्युनतम मौज्दात तथा ब्याजको दर आपसि सहमतिमा तोक्न सकिने छ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
संस्थागत बचत खातामा दिईने सुविधाहरु आपसि सहमतिमा निर्धारण गर्न सकिनेछ ।
अनिवार्य मासिक बचत ः
७५ महिने क्रमिक बचत ः
यो बचत अनिवार्य रुपमा नियमित मासिक किस्ताको आधारमा ७५ महिनासम्म आफ्नो अनुकुलमा जम्मा गर्न सकिनेछ । भविष्यमा आइपर्ने अति आवश्यक खाँचो, गाह्रो टार्न बचत गर्ने बानीको विकास गर्न यो बचत कार्यक्रम सञ्चालन गरिएको छ ।
बचतको सीमा ः नियमित बचतमा न्युनतम मासिक रु।५००।– वा रु। ५०० ले निःषेश भाग हुने अंकको बचत सदस्यले गर्न सक्नेछन ।
बचतको अवधि ः बचत सुरु गरेको महिना देखि ७५ महिना सम्म बचत गर्नुपर्ने छ ।
बचत फिर्ता ः नियमित तथा क्रमिक रुपमा ७५ औ महिना सम्म बचत गरे पछि अन्तिम किस्ता बुझाएको १ महिना पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
ब्याजदर÷बोनस तथा सुविधा ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
आजिवन ९पेन्सन० बचत ः
यो बचत मासिक रुपमा न्यूनतम रु । ५०० वा ५०० ले भाग जाने अंक बराबर नियमित रुपमा १४४ महिनासम्म गर्नेपर्ने मासिक क्रमिक बचत हो । बचतकर्ताको शेषपछि निजका हकवालालाई पुस्ता हस्तान्तरण गर्दै जाने हुनाले यो बचतलाई आजीवन बचत भनिएको हो ।
यो बचत प्रत्येक महिना मासिक क्रमिक बचतको रुपमा १४४ महिनासम्म जम्मा गर्दै जानुपर्नेछ ।
१४५ औँ महिनादेखि हरेक महिना मासिक रुपमा नै बाँचुन्जेल आफुले जम्मा गरेकै दरमा फिर्ता पाईनेछ ।
बचतकर्ताको शेषपछि निजको हकवाला वा निजले सिफारिस गरेको व्यक्तिलाई फिर्ता गर्न थालिनेछ ।
फिर्ता गर्ने क्रम र श्रृंखला एक पुस्तादेखि अर्को पुस्ता क्रमशः हस्तान्तरण हुँदै जानेछ ।
७२ महिना पुगेपछि सम्बन्धित बचतकर्तालाई प्रत्येक दशैँमा दशैँ खर्चवापत ६ महिनाको बचत बराबरको रकम उपलब्ध गराइनेछ । महिला र बच्चाको हकमा ७ महिना बराबरको बचत रकम उपलब्ध गराईनेछ ।
१४४ महिना पुगेपछि यो कार्यक्रमबाट फिर्ता हुन चाहेमा जम्मा भएको सावाँ रकम र सदस्य फिर्ता हुन चाहेको मितिसम्म्मा लिएको सुविधा कट्टी गरी १२ प्रतिशतका दरले ब्याज रकमसहित फिर्ता गरिनेछ ।
यो बचत कार्यक्रममा सहभागी सदस्यले ६ वर्ष प्ुगेपछि बचतकर्तालाई क्रमैसँग प्रत्येक वर्ष न्यूनतम ३ दिनदेखी बढीमा ७ दिनसम्मको सहकारी भ्रमण कार्यक्रममा संस्थाले निःशुल्क रुपमा सहभागी गराउनेछ ।
बाल बचत ः
शेयर सदस्यका नानीहरुको शिक्षा , स्वास्थ्य र आपतकालीन अवस्थाको खँचो टार्न यो बचत संचालन गरिएको हो । यो बचतमा जन्म देखि १५ वर्षसम्मका नानीहरु सहभागी हुन सक्नेछन् ।
बचतको सीमा ः नियमित बचतमा न्युनतम मासिक रु।५००।– वा रु। ५०० ले निःषेश भाग हुने अंकको बचत सदस्यले गर्न सक्नेछन ।
बचतको अवधि ः अनुसुचिमा उल्लेख भएको मध्येबाट आफुले बचत गर्न चाहेको बचत योजनाको अवधि सम्म बचत गर्नुपर्ने छ ।
बचत फिर्ता ः आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गरे पछि अन्तिम किस्ता बुझाएको १ महिना पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
ब्याजदर÷बोनस तथा सुविधा ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
नारी बचत ः
विशेष गरी महिला शेयर सदस्यहरुको हकमा यो बचत परिचालन गरिनेछ । महिलाहरुको संवेदनशील स्वास्थ्य अवस्था सामाजिक अवस्था र सांस्कृतिक अवस्थामा सुधार गरी उनीहरुलाई अर्थिक सहभागितामा सामेल गराउने र आफ्नो खाँचो आँफै टार्न सक्ने गरी सक्षम बनाउने यो बचतको उद्वेश्य रहेको छ ।
बचतको सीमा ः नियमित बचतमा न्युनतम मासिक रु।५००।– वा रु। ५०० ले निःषेश भाग हुने अंकको बचत सदस्यले गर्न सक्नेछन ।
बचतको अवधि ः अनुसुचिमा उल्लेख भएको मध्येबाट आफुले बचत गर्न चाहेको बचत योजनाको अवधि सम्म बचत गर्नुपर्ने छ ।
बचत फिर्ता ः आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गरे पछि अन्तिम किस्ता बुझाएको १ महिना पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
ब्याजदर÷बोनस तथा सुविधा ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
उमंग बचत ः
यो बचत अनिवार्य रुपमा नियमित मासिक किस्ताको आधारमा जम्मा गर्न सकिनेछ । भविष्यमा आईपर्ने अति आवश्यक खाँचो, गाह्रो टार्न बचत गर्ने बानीको विकास गर्न यो बचत कार्यक्रम संचालन गरिएको छ ।
बचतको सीमा ः नियमित बचतमा न्युनतम मासिक रु।५००।– वा रु। ५०० ले निःषेश भाग हुने अंकको बचत सदस्यले गर्न सक्नेछन ।
बचतको अवधि ः अनुसुचिमा उल्लेख भएको मध्येबाट आफुले बचत गर्न चाहेको बचत योजनाको अवधि सम्म बचत गर्नुपर्ने छ ।
बचत फिर्ता ः आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गरे पछि अन्तिम किस्ता बुझाएको १ महिना पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
ब्याजदर÷बोनस तथा सुविधा ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
ज्येष्ठ नागरिक बचत ः
संस्थामा आवद्ध ज्येष्ठ नागरिक सदस्यहरुले आफ्नो आवश्यकता पूरा गर्न एकमुष्ठ वा क्रमिक दैनिक वा मासिक राखेको बचतलाई ज्येष्ठ नागरिक बचत भनिनेछ ।
बचतको सीमा ः यस बचतमा सदस्यले न्यूनतम मासिक रु। ५०० वा एकमुष्ठ रु।१०,०००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन ।
बचतको अवधि ः यस बचतको अवधि २ वर्षको हुनेछ ।
बचत फिर्ता ः बचत शुरु गरेको १ वर्ष पूरा भए पश्चात सदस्यले सम्पूर्ण रकम फिर्ता लैजान सक्नेछन् ।
ब्याजदर÷बोनस तथा सुविधा ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
अन्य क्रमिक बचत ः
यो बचत क्रमिक रुपमा सदस्यहरुले आफ्नो बचत क्षमता अनुसार दैनिक÷मासिक रुपमा जम्मा गर्न सकिनेछ । भविष्यमा आईपर्ने अति आवश्यक खाँचो, गाह्रो टार्न बचत गर्ने बानीको विकास गर्न यो बचत कार्यक्रम संचालन गरिएको छ ।
बचतको सीमा ः सदस्यको क्षमता अनुसार दैनिक÷मासिक रुपमा जति पनि रकम बचत गर्न सक्नेछन ।
बचतको अवधि ः अनुसुचिमा उल्लेख भएको मध्येबाट आफुले बचत गर्न चाहेको बचत योजनाको अवधि सम्म बचत गर्नुपर्ने छ ।
बचत फिर्ता ः आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गरे पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
ब्याजदर÷बोनस तथा सुविधा ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
एकमुष्ठ बचत ः
यो बचत न्यूनतम एकमुष्ठ रु ५०,००० भन्दा माथि गर्न सकिन्छ । आफ्नो बचतबाट बढी ब्याज प्राप्त गर्न चाहने सदस्यहरुको हित अनुकुल यो बचत परिचालन गरिएको छ ।
बचतको सीमा ः यस बचतमा योजनामा न्यूनतम रु। ५०,०००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछ ।
बचतको अवधि ः आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गर्नुपर्ने छ ।
बचत फिर्ता ः तोकिएको समय सिमा सकिएपछि बचत फिर्ता लान सक्नेछन् ।
अन्य बचत ः
संस्थामा आवद्ध शेयर सदस्यहरुले संस्थामा कारोबार गर्ने क्रममा कारोबारको प्रकृति अनुसार आवश्यक हुने बचत खाताहरुलाई अन्य बचत भनिन्छ ।
बिमा बचत ः
संस्थाले संस्थागत अभिकर्ताको रुपमा सहकार्य गरेका वा अन्य जीवन विमा कम्पनिको जीवन बीमाको प्रिमियम शुल्क भुक्तानीको लागि जम्मा गरिने बचतलाई बीमा बचत भनिनेछ संस्थाले जीवन बीमाको शुल्क भुक्तानीको लागि सहजीकरण गरिदिनेछ ।
बचतको सीमा ः बिमा बचतमा सदस्यले आफ्नो विमा प्रिमियम रकमलाई पुग्ने रकम जम्मा गर्न जम्मा गर्न सक्नेछ ।
बचत फिर्ता ः सदस्यले आफ्नो विमा प्रिमियम रकम भुक्तानि गर्ने समयमा बचत रकम फिर्ता लैजान सक्नेछन ।
ब्याजदर ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
लाभासं बचत ः
संस्थामा आवद्ध शेयर सदस्यहरुले संस्थामा गरेको शेयर लगानीबाट प्राप्त प्रतिफलको रकम जम्मा गर्ने उद्धेश्यमा यो खाता संचालन गर्न सकिनेछ ।
बचतको सीमा ः यस बचतमा संस्थाले प्रदान गर्ने लाभास रकम जम्मा गर्न सकिनेछ ।
बचत फिर्ता ः सदस्यले न्यूनतम मौज्दात रु। १०००।– कायम गरी आफ्नो आवश्यकता अनुसार जतिसुकै रकम फिर्ता लैजान सक्नेछन् ।
ब्याजदर ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
कर्जा बचत ः
यस संस्थामा नियमाुसार सदस्य भई कर्जा उपभोग गर्ने सदस्यले मात्र यो खाता संचालन गर्न सक्नेछन । कर्जा लगानी गर्दा नियमानुसारको क्रमिक बचत रकम पुरा भएको तर संस्थाले तोके अुनसारको कुल बचत पुरा नभएमा यस खातामा सो रकम कट्टि गरि पुरा गर्ने शर्तमा यो बचत संचालन गर्न सकिनेछ । यस प्रकारको बचत खातामा दैनिक कारोबार हुन पाउने छैन । यस खाताको संचालन आवश्यकता तथा औचित्यताको आधारमात्र हुनेछ ।
बचतको सीमा ः यस बचत खातालाई कर्जा प्रयोजनमा आवश्यकताको आधारमा संचालन गर्ने सकिनेछ । साथै भुक्तानी लिदा यो खाताको रकमलाई साधारण बचत खातामा रकमान्तर गरेपछि लिनुपर्नेछ ।
बचतको अवधि ः सदस्यले खातामा राखेको रकम क्रमिक बचत किस्ता पुरा गर्न वा कर्जा चुक्ता गर्ने प्रयोजनमा साधारण खातामा रकमान्तर गरि फिर्ता लिन पाउनेछन् ।
बचत फिर्ता ः सदस्यले न्यूनतम मौज्दात रु। १००।– कायम गरी आफ्नो आवश्यकता अनुसार जतिसुकै रकम साधारण खातामा रकमान्तर गरि फिर्ता लैजान सक्नेछन् । सामान्यता यो बचत कर्जाको भुक्तानी वा संचालन भई रहेको मासिक क्रमिक बचतको किस्ता पुरा गर्नका लागि मात्र गर्नुपर्नेछ ।
ब्याजदर ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
शेयर बचत ः
शेयर सदस्यहरुले संस्थाको शेयर खरिद गर्नका लागि क्रमिक वा बचत क्षमता अनुसार गरिने बचतलाई शेयर बचत भनिनेछ । संस्थामा तोकिएको अनुसारको शेयर रकम एकमुष्ठ जम्मा गर्न नसक्ने शेयर सदस्यहरुको पूँजी निर्माणमा यस बचतको रकमलाई परिचालन गरिनेछ ।
बचतको सीमा ः यस बचतमा सदस्यले तोकिएको शेयर रकम पुरा गर्नका लागि आवश्यकता अनुसार रकम जम्मा गर्न सक्नेछ ।
बचत फिर्ता ः संस्थालाई आवश्यक पर्ने शेयर पूँजी वृद्धिको लागि शेयर बचत खातामा रहेको रकम शेयर पूँजीमा मात्र रकमान्तर गर्न सकिनेछ ।
ब्याजदर ः ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
रेमिट बचत ः
यस संस्थामा आबद्ध शेयर सदस्यहरु जो बैदेशिक रोजगारका लागि विश्वका विभन्न मुलुकमा रहि आर्जन गरेको रकमलाइै सिधा आफ्नो बचत खातामा जम्मा गर्न चाहन्छन वा आन्तरिक रेमिटबाट प्रवाह हुने बचत रकमलाई बचत गर्र्ने सदस्यले यो खाता संचालन गर्न सक्नेछन ।
बचतको सीमा ः यस बचतमा संघ संस्थाले न्यूनतम न्यूनतम रु। १००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन् ।